कोरोना निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम, के हो पोस्ट कोभिड ?

वेलकम खबर
भदौ २३, २०७८

काठमाडौं । कोरोना सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा। शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिएका छन् । उनले पोस्ट कोभिडका कारण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभूति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने बताएका छन् ।

अस्पतालमा हुँदा अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने मनोभाव हुन्छ । फेरि पनि समस्या आउँदा धेरै डराउने भएका कारण मनोपरामर्शको आवश्यकता रहेको जानकारी दिएका छन् ।

पोस्ट कोभिडका लक्ष युवा नै धेरै देखिएको र अस्पतालमा ५० प्रतिशत जति यस्ता बिरामी आएको डा। पुनले जानकारी दिए ।

कोरोना सङ्क्रमण भएपछि यस्तै हुन्छ भनेर सोच्यो तर कपाल झर्ने कम नभएपछि अस्पताल गएपछि थाहा भयो मलाई पोस्ट कोभिड अर्थात् कोरोना निको भएपछि हुने समस्या भएको जानकारी दिएका छन् । धेरैले पोस्ट कोभिडका कारण विभिन्न समस्या भोग्नु परेको चिकित्सकको भनाइ छ ।

छाला रोग विशेषज्ञहरूले पछिल्लो समय ३८ देशका हजारभन्दा बढी बिरामीमा गरेको अध्ययनमा कोभिड सङ्क्रमण निको हुँदै गरेका व्यक्तिमा कपाल झर्ने मुख्य समस्या देखिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु