भरतमणिलार्ई गृह जिल्लामा भब्य स्वागत
ताप्लेजुङ। कमेडी च्याम्पियनको फाइनलिष्ट सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत गरिएको छ । काबेलीबाट मोटरसाइकल ¥याली सहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङ सहित भेषभुषामा सजिएका नागरिकहरुको उल्लेख्य उपस्थितिमा नगरपरिक्रमा गराइएको थियो । उहाँको स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्र्फुत रुपमा घरको अगाडि घडा सजाएका थिए । कमेडी च्याम्पियन सिजनको २ को उपाधि चुम्न सक्ने शुभकामना दिदैं ताप्लेजुङका नागरिकले फुल,माला,खदा र अबिर प्रदान गरेका थिए । उहाँको सम्मानमा नगर क्षेत्रका हरेक नागरिकले सडकमा निस्किएर ताली बजाउँदै‘भरतमणि हाई–हाई भन्दै उहाँलाइ अझ प्रगतिको शुभकामना दिएका थिए ।अब एकपटक फेरी मेरो कलाको सम्मानका लागि तपाँइहरुले भोट खर्चेर कमेडी च्याम्यिपन सिजन २ को बिजेता बनाउन पहल गर्नुपर्ने छ’पौडेलले भन्नुभयो ।
झापामा छोटो प्रहसन सकेपछि इलाम हुँदै पाँचथर आइपुगेका उहाँलाइ फिदिम बजारमा स्वागत गरिएको थियो ।‘ त्यसपछि उहाँलाइ पाँचथरको भालुचौक बजारमा पनि स्वागत गरियो । यो तहको सम्मानले भरतमणि नेपालकै रुचाइका कमेडिएन भएको पुष्टी गरेको गायक तथा इञ्जिनियर बीरेन्द्र श्रेष्ठले बताउनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले उमेर कलिलो तर गहिरो र रोचक कला रहेका भरतमणि कलाकै मणि भएको प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्व राजा ज्ञानेन्द्र,पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली,पुष्पकमल दहाल प्रचण्ड,झलनाथ खनाल,माधवकुमार नेपाल,बाबुराम भट्टराई,पूर्व युवराज पारस,पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराई,पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा,नेता राजेन्द्र महतो सहितका सयौं व्यक्तिको स्वर दुरुस्तै बोल्न सक्ने क्षमताका भरतमणि पछिल्लो समय पूर्व युवराज पारसको अभियनबाट निकै चर्चामा हुनुहुन्छ । पूर्वमन्त्री बाँस्कोटा र महतो तथा राष्ट्रियसभाका सांसद रामनारायण बिडारीको स्वर केन्द्रित रहेर उहाँले गरेको डेरा खोज्ने अभिनय,बेरोजगार युवाहरुका पक्षमा व्यङ्गमार्फत गरिएको प्रहार,बुढेसकालका बुबाआमालाइ बृद्धाश्रम पठाउने छोराछोरी बिरुद्ध उहाँका पछिल्ला प्रस्तुतिले चोटिलो सन्देश दिएको छ । भरतमणि कमेडी च्याम्पिनका सर्वाधिक प्रफोमर अफ डेको उपाधिबाट सम्मानित हुने प्रतिश्पर्धी पनि हुनुहुन्छ । उहाँसंगै भारत सिक्कीमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मा हुनुहुन्छ । अब भोटका आधारमा २ असोजमा कमेडी च्याम्पियन छानिने छ ।



















