ताप्लेजुङका उपप्रमुख सहित ९ जना जनप्रतिनिधिले नेकपा एस रोजे
ताप्लेजुङ । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपाली सहित स्थानीय तहका ९ जनाले आइतवार नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का पक्षमा सनाखत गर्नु भएको छ ।
जिसस उपप्रमुख नेपाली,जिल्ला समन्वय समिति सदस्य निमातेञ्जी शेर्पा,मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू,सोही पालिकाका कार्यपालिका सदस्यहरु सूर्यमान बराइली र दोर्जी शेर्पा,मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङका वडा सदस्य गजेन्द्रकुमार नाल्वो र सोहि वडाका दलित महिला सदस्य दिलमाया नेपाली, मेरिङ्देन गाउँपालिका वडा नं २ का वडासदस्य पूर्णबहादुर कामी र मेरिङ्देन गाउँपालिका वडा नं १ का वडासदस्य मानबहादुर लिम्बू रहनु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




















