ताप्लेजुङको एक सय एक फोटो खिच्ने पुरस्कृत (फोटो फिचर तथा भिडियो सहित)

ताप्लेजुङ पर्यटको लागि भर्जिन ल्याड हो : योगेश भट्टराई
वेलकम खबर
भदौ १९, २०७८

ताप्लेजुङ । जिल्लाको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले  १ सय १ फोटो प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । ताप्लेजुङको पर्यटकिय क्षेत्रको प्रर्बद्धनका लागि खिचिएको फोटो मध्ये सर्बोत्कृष्ट भएका सिताराम गुरागाई नगद २५ हजार सहित पुरस्कृत भएका हनु ।


पर्यटन बोर्डसँगको सहकार्यमा ताप्लेजुङ पत्रकार विकास मञ्चद्धारा आयोजित फोटो प्रतियोगिताका बिजेतालाई प्रतिनिधिसभा सदस्य तथा पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सम्मान गरेका हुन । प्रतियोगिताका उत्कृष्ट ग्याजो लामाले ११ हजार १ सय ११ नगद प्राप्त गर्नुभएको छ । त्यस्तै प्रथम राजेन्द्र श्रेष्ठ बनेका छन उनले नगद पाँचहजार पाच सय पच्चपन्न दोश्रो आनन्द गौतम तीन हजार तीन सय ३३ र तेश्रो गिरिराज बाँस्कोटा पाँचथर नगद २ हजार २ सय २२ रुपैया रप्रमाणपत्र प्राप्त गरेका छन ।

भने सान्तवना १५ बटा फोटो तथा एक सय एक फोटोलाई नै नगद तथा प्रमाण पत्र वितरण गरेका मञ्चका सह सचिव सुवास आर्चायले बताउनुभयो ।
एक हजार ३ सय ५ वटा फोटोबाट छानिएका सबैलाई एउटा फोटोको एक हजार रुपैंया प्रदान गरिएको थियो । त्यस्तै पुरस्कार ग्रहणकालागी फोटो खिच्ने र उनीहरु जिल्लामा नभएकाका हकमा परिवारका आफन्त भेला भएका थिए ।


कार्यक्रममा पूर्व मन्त्री भट्टराईले पर्यटन प्रबद्र्धन गर्न ताप्लेजुङबासी अझै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले मन्त्री भएकोबेला पर्यटन विकासका लागी हरसम्भव प्रयास गरेको थिए पाथीभरा, तिम्वूङ पोखरी, फुङफुङे झरना लगायतका पर्यटकिय स्थलको प्रबद्र्धमा अझै लाग्नुपर्छ ताप्लेजुङ पर्यटको लागि भर्जिन ल्याण भएको बताउनुभयो कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री बलवहादुर साम्सोहाङ, प्रदेश सांसद होमकुमारी साँवा, जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे लगायतको सहभागीता रहेको कार्यक्रममा पर्यटन प्रबद्र्धनमा जिल्लावासिले अझै योगदान गर्नुपर्नेमा जोड दिनु भएको थियो ।


फोटोले जिल्लाको भुगोल, जनजीवन, पर्यटकिय सौन्दर्यता लगायतलाई समेटेको मञ्चका सह सचिव आर्चायको बताउनुभयो ‘हामीले निकै नयाँ काम गर्यौ,’ सहसचिव आर्चायले भने , ‘कम्तिमा ताप्लेजुङलाई फोटोको माध्यमवाट बिश्वमा चिनाउने प्रयाश गरेका छौं ।’ संस्थाले आगामी दिनमा पनि यस्ता गतिविधि गरिरहने अध्यक्ष मनमणी काफ्ले बताउनुहुन्छ ।

 

 

 

 

भिडियो

ताप्लेजुङ पर्यटककाे लागि भर्जिन ल्याड हाे : याेगेश भट्टराई – YouTube

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*