ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका एक युवकलाई ढुङ्गाले किचेर मृत्यु
वेलकम खबर
भदौ १८, २०७८
ताप्लेजुङ, । ताप्लेजुङमा अवस्थित सानीमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ ।निधन हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका १ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन् । बिहीबार दिउसो साढे १ बजे तामाङ हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठुलो ढुङ्गा झरी किचेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका सूचना अधिकारी कैलाश अधिकारीले जानकारी दिनुभयो ।शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृतक सोही हाईड्रोपावरमानै खाना पकाउने जिम्मेवारीमा रहेका थियो ।



















