कोरोनाले विश्वको सबैभन्दा प्रभावित पारेको अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमित

वेलकम खबर
भदौ १६, २०७८

काठमाडौं । बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २७ हजार ९०८ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार १८७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ५७ हजार ८६३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ८० हजार ५२५ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् ।

यस्तै भारतमा थप ४३ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख १० हजार ८९२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८५ हजार ५१६ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४६२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*