गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदानमा दिने

काठमाडौं । एलायन्स फर गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदानमा दिने भएको छ । गाभीले आगामी अक्टोबरमा फाइजर खोप उपलब्ध गराउने भएको छ ।
गाभीले ट्रायल स्वरुप उक्त खोप उपलब्ध गराउन लागेको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिए । खोप भण्डारणका लागि नेपालमा भौतिक पूर्वाधार नभएकाले युनिसेफले खोप आउनुअघि रेफ्रिजेटर उपलब्ध गराउने उनले बताए।
फाइजर माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । जुन संरचना नेपालमा नभएकाले युनिसेफ चार वटा फ्रिज उपलब्ध गराउने बताइएको छ ।
प्रमुख पोखरेलले फाइजर खोप अन्य खोपभन्दा फरक भएकाले उक्त खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने बताए ।