ताप्लेजुङका नौ स्थानीय तहको बेरुजु नगण्य

वेलकम खबर
भदौ १५, २०७८

ताप्लेजुङ ।  सिरिजंगा गाउापालिका देशभरिका ७ सय ५३ मध्ये कम बेरुजुभएको दोश्रो स्थानीय तह बनेको छ । देशभरिका चार सय ६० गाउापालिकामध्ये भने पहिलो बनेको छ ।

ताप्लेजुङकै पाथीभरा याङवरक स्थानीय तह तेश्रो र गाउापालिकामा दोश्रो भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार ९६ करोड ५६ लाख ७४ हजारको लेखा परीक्षण गर्दा ताप्लेजुङको सिरिजंगामा शून्य  दशमलव ०७ अर्थात ६ लाख ३१ हजार बेरुजु छ भने पाथीभरा याङवरक गाउापालिकाको बेरुजु ० दशमलव ०६ अर्थात ५ लाख ५ हजार छ ।

पाथीभरा याङवरकको ९१ करोड १२ लाखको लेखा परीक्षण गरिएको थियो । फुङलिङ नगरपालिकाले झापाको शिवसताक्षी नगरपालिकालाई जित्न सकेन । १ अर्ब ९० करोड ५३ लाखको लेखा परीक्षण गराउादा ० दशमलव ०६ अर्थात ११ लाख ७७ हजार मात्रै बेरुजु भएको शिव सताक्षी देशकै सबैभन्दा कम बेरुजु भएको स्थानीय तहमा पर्यो ।

नगरपालिकामा दोश्रो र समग्र स्थानिय तहमा ११ रौं नम्वरमा रहेको फुङलिङ नगर भने २ दशमलव २६ अर्थात ३४ लाख ६६ हजार रुपैंयाा बेरुजु छ । सुरुका बर्ष जानी नजानी केही त्रुटि भएपनि त्यसलाई सुधारेको जनप्रतिनिधि र कर्मचारीको दाबी छ ।

देशका ६ सय ९९ स्थानीय तहको लेखा परीक्षण गर्दा ४० अर्ब ८३ करोड अर्थात परीक्षण गरिएको अंकको ५ प्रतिशत बेरुजु छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*