नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८ हजार बढि
काठमाडौं । विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये पीसीआर परीक्षणबाट ७ लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा थप २ हजार ३३७ जना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा निको हुनेको सङ्ख्या ७ लाख ८ हजार २३० पुगेको छ ।
यस्तै निको हुने दर ९३.६ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६६३ पुगेको छ ।



















