प्रदेश १ मन्त्रीमा थपिए साम्सोहाङ र तिवारी

वेलकम खबर
भदौ ११, २०७८

विराटनगर।प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आज साँझ मन्त्रिपरिषद विस्तार गरेका छन । थप हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ रहेका छन् ।

प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन गरेका हुन् ।

प्रदेश प्रमुख अधिकारीले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*