थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० को मृत्यु

वेलकम खबर
भदौ ५, २०७८

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार ७५ नमूना परीक्षणमा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७७०३ नमूनाको पीसीआर र ५ हजार ३७२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो। जसमध्ये १ हजार ४२४ नमूनाको पीसीआर र ६५१ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

यस्तै शनिवार कोरोनाबाट थप ३० जनाले ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।

पछिल्लो २४ घन्टामा २३ सय ८२ जना कोरोनामुक्त भएका छन्। हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ पुगेको छ। कोरोना संक्रमित ७१८ जनाको आइसीयूमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*