दश बुँदे सहमति कार्यान्वयन गरी १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन नेपाल समूह ‘छाडेका’ ९ नेताको अपिल

वेलकम खबर
भदौ ४, २०७८

काठमाडौं ।पार्टी विभाजन गलत भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूह छाडेका एमालेका ९ जना नेताले आफूहरु पार्टी एकताकै लागि क्रियाशील रहेको बताएका छन्।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी हालै सरकारले जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गरेका छन्। साथै, पार्टी अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदमाथि गर्ने भनिएको कारबाही फिर्ता गर्नुपर्ने मागसमेत उनीहरुले अघि सारेका छन्।

पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षले तत्काल १० बुँदे सहमतिको कार्यान्वयन गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख  छ।

‘पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्तारुले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हामी हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरुमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएकी नेतृ अष्टलक्ष्मी शाक्यसमेत रहेकी छन्। उनीहरुले आफूहरुलाई  नवौं महाधिवेशनबाट निर्वाचित पार्टी पदाधिकारीका रुपमा चिनाएका छन्।

हस्ताक्षर गर्ने अन्य नेताहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव भीम आचार्य, सचिव गोकर्ण विष्ट, सचिव योगेश भट्टराई, स्थाई कमिटी सदस्य सुरेन्द्र पाण्डे र स्थाइ कमिटी सदस्य रघुजी पन्त रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*