निरन्जन झा रेल्वे कम्पनीकाे महाप्रबन्धक

वेलकम खबर
भदौ ४, २०७८

काठमाडौं । नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त भएका छन् ।

हिजो(बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
झा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निकटका मानिन्छन्।यसभन्दा अगाडिका महाप्रबन्धक गुरु भट्टराईलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए।

भट्टराईलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेका थिए । भट्टराईले सामाजिक सञ्जालमा जथाभावी रूपमा प्रतिक्रिया दिने गर्दथे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*