३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

वेलकम खबर
भदौ ३, २०७८

काठमाडौं : पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १६ हजार ४३८ नमूनाको परीक्षण गरिएको थियो ।

 

११ हजार ९४६ पिसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३२१ जना संक्रमित र ४ हजार ४९२ नमूनाको एन्टिजेन परीक्षणमा ७५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २१ सय २६ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*