माधव नेपाललाई ‘छाडेका’ नेताहरुको ओलीलाई अपील : १० बुँदे अक्षरश: कार्यान्वयन गर

वेलकम खबर
भदौ ३, २०७८

काठमाडौं । माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरशस् कार्यान्वयन गर्न माग गरेका छन् ।

माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुबीच बिहीबार भएको छलफलमा नेताहरुले सहमतिको अक्षरशस् कार्यान्वयनमा जोड दिएका हुन् ।

२७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने उल्लेख छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो पक्ष मात्र बसेर सहमति अनुमोदन गरेको थियो । त्यही कारण नेपाल समूह बैठकमा गएकै छैन ।
एक स्थायी कमिटी सदस्यका अनुसार १० बुँदे अक्षरस कार्यान्वयन नहुँदासम्म बैठकमा नजाने सहमति भएको छ । साथै १० बुँदेको अक्षरस कार्यान्वयन भएर सबै एडजस्टमेन्ट हुँदा अर्को पार्टी बनाउनुको औचित्य नहुने भन्दै एकतामा आउन माधवकुमार नेपाललाई समेत अपील गरेको एक नेताले जानकारी दिए ।
नेताहरुले संयुक्त वक्तव्य नै जारी गर्ने तयारी गरेका छन् । onlinekhbar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*