एमाले ‘विभाजन’मा देउवाको अनौठो संयोग

वेलकम खबर
भदौ २, २०७८

काठमाडौ ।  एमाले विभाजनमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनौठो संयोग देखिएको छ । २५ वर्षअघि तत्कालीन प्रधानमन्त्री देउवाले हस्ताक्षर गरेको महाकाली सन्धिलाई अनुमोदन गर्ने विषयमा एमाले विभाजित भएको थियो । अहिले देउवा नै प्रधानमन्त्री भएको वेला एमाले पुनः विभाजननजिक छ ।

एमाले विभाजनलाई सहयोग पुग्ने गरी देउवाले दल विभाजनसम्बन्धी अध्यादेश अगाडि बढाएका छन् । ४ असोज ०५३ मा संसद्को दुईतिहाइ मतले महाकाली सन्धि पारित भएको थियो ।

तत्कालीन एमालेमा सन्धिसम्बन्धी विवादमा महासचिव माधव नेपाल र केपी ओलीसँग टकराव बढ्दै जाँदा २१ फागुन ०५४ मा वामदेव गौतम नेतृत्वको समूहले पार्टी फुटाएर नेकपा माले गठन गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सो सन्धिको पक्षमा नेपाल र ओलीसहितका बहुमत नेता उभिएका थिए । देउवाले हस्ताक्षर गरेको आठ महिनापछि सन्धि संसद्को दुईतिहाइ मतबाट पारित भएको थियो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*