ताप्लेजुङ सरोकार केन्द्रको अधिवेशन भदौ १६ मा, कलाकारलाई पुरस्कृत गर्ने
काठमार्डाै । ताप्लेजुङ सरोकार केन्द्रका १६ औ स्थापना दिवस तथा अधिवेशन आउदो १६ गते गर्ने निर्णय गरेको छ । सरोकार केन्द्रको बैठकले अधिवेश तथा स्थापना दिवस आउदो भदौ १६ गते काठमाडौमा गर्ने भएको हो । अधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष टंक श्रेष्ठको संयोजकत्व र उपाध्यक्ष बलबहादुर तामाङको सहसंयोजकत्वमा ब्यवस्थापन समिति निर्माण गरेको छ ।
त्यस्तै बैठकले स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष ताप्लेजुङका कलकारलाई नगद २५ हजार सहित पुरस्कृत गर्ने र्निणय समेत गरेको छ । बैठकले विश्व जलवायु परिवर्तन न्युनिकरण अभियान्ता सरोकार केन्द्रका कार्यसमिति सदस्य पुर्णकुमार शेर्पा (पिके)ले फादर एण्ड सन क्लाईमेट चेन्ज एभरेष्ट एक्सपिडिशन २०२१ कार्यक्रम आयोजना गर्दै आफ्नो १७ वर्षिय छोरा सोनाम शेर्पा सहित २३ मे २०२१ तारिकका दिन विहान ७:३० वजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै सरोकार केन्द्रको झण्डा चुचुरोमा फहराएको भन्दै अभियानका लागि सरोकार केन्द्रले २५ हजार सहित अभियान्ता वावु,छोरालाई वधाई समेत दिएको छ ।
त्यस्तै ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंका उपाध्यक्ष रङ्गनाथ भट्टराई कोरोना संक्रमणका कारण गत मिति २०७८ वैशाख ३० गते काठमाडौंमा निधन भट्टराई भएको प्रति चीरस्मरण गर्दै उक्त दुखद घडिलाई सरोकार केन्द्रले शोक प्रस्ताव गर्दै भावपुर्ण श्रद्धान्जली व्यक्त समेत गरेको छ ।बैठक सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाको अध्यक्षतामा बसेको थियो ।




















