ताप्लेजुङमा ३५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

वेलकम खबर
साउन ३२, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा ७ हजार ५ सय ५० जनाले कोरोना विरुद्धकोे जोनसन एण्ड जोनसनको खोप लगाएका छन् ।

३ हजार २ सय ८७ जना पुरुष र २ हजार ४ सय ६३ जना महिलाले एक डोज मात्रै लगाए पुग्ने जोनसन एण्ड जोनसनको खोप लगाएको खोप संयोजक दिनेश रायले जानकारी दिनुभयो । ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकलाई र वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका युवाहरुलाई राहदानीका आधारमा खोप लगाइएको स्वास्थ्य कार्यलय ताप्लेजुङले जनाएको छ ।

उहाँका अनुसार फुङलिङ नगरपालिकामा १ हजार ४ सय ८३ पुरुष र १ हजार २ सय ६७ महिला गरी कुल २ हजार ७ सय ५० जनाले खोप लगाएका छन् । उत्ता पाथीभरा याङवरक गाउँपालिकामा ३ सय २० पुरुष र १ सय ५० महिला गरी कुल ४ सय ७०, सिरीजंघा गाउँपालिकामा ३ सय ४ पुरुष र १ सय ५१ महिला गरि ४ सय ५५ र सिदिङवा गाउँपालिकामा २ सय २१ पुरुष र १ सय ५४ महिला गरी कुल ३ सय ७५ जनालाई खोप लगाइएको संयोजक रायले जानकारी दिनुभयो ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिकामा ३ सय १३ पुरुष र १ सय ८७ महिला गरी ५ सय, मैवाखोला गाउँपालिकामा २ सय ९ पुरुष र १ सय ६६ महिला गरी ३ सय ७५ र मेरिङदेन गाउँपालिकामा १ सय ७७ पुरुष र १ सय २३ महिला गरी ३ सय जनाले जोनसन एण्ड जोनसनको खोप लगाएका छन् ।

यस्तै मिक्वाखोला गाउँपालिकामा १ सय ४६ पुरुष र १ सय ७९ महिला गरी ३ सय २५ जनालाई र फक्ताङलुङ गाउँपालिकामा १ सय १४ पुरुष र ८६ महिला गरी २ सय जनालाइए खोप लगाइएको बताइएको छ । जिल्लामा पहिलो पटक एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको खोप लगाइएको हो । गत साउन २७ र २८ गते सबै स्थानीय तहको वडाका नियमति केन्द्रहरुबाट खोप लगाइएको थियो ।

यो सहित जिल्लामा हालसम्म खोप लगाउनेको संख्या ३५ हजार १ सय ३८ पुगेको छ । कोभिशिल्ड र भेरोसेलको ८ हजार २९ जनाले मात्र दोश्रो डोज लगाएका छन् । जसमध्ये कोभिशिल्डको २ हजार १ सय ५९ र भेरोसेलको ५ हजार ८ सय ७० रहेका छन् । अब बाँकी २१ हजार ३ सय ५९ जना दोश्रो डोजको पर्खाईमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*