खोप प्रमाणिकरणका लागि थप तीन अस्पताल, कुन-कुन ?

काठमाडौं । कोरोना विरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अपतालबाट खोपको प्रमाणिकरण गर्न सकिने व्यवस्था मिलाइएको छ ।
गृह मन्त्रालयका अनुसार यसअघि टेकु अस्पतालबाट हुँदै आएकामा अब त्यसका अतिरीक्त पाटन, नेपाल प्रहरी तथा निजामती अपतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाइएको छ ।
यसअघि टेकु अस्पतालबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । विदेश जाने मानिसको चाप बढ्दै गएकाले उक्त व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । यसअघि उपत्यका बाहिरका ५० शय्याभन्दा माथिका सरकारी अस्पतालसमेतबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था छ ।
जारी सूचनामा कतिपय मुलुकले क्युआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेब साइट https://vaccine.mohp.gov.np मा खोप लगाएको विवरण प्रविष्ट गरी प्रमाणीकरण गर्न सकिनेछ ।