वैदेशिक रोजगारमा जाने कामदारको क्यूआर कोडको प्रमाणपत्र म्यानपावरलाई दिइने

वेलकम खबर
साउन ३०, २०७८

काठमाडौं ।  स्वास्थ्य सेवा विभागले वैदेशिक रोजगारमा जाने कामदारका लागि अत्यावश्यक मानिएको कोरोना भाइरसविरुद्धको खोपको क्युआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावर कम्पनीको आधिकारिक इमेलमा पठाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको छलफलमा उक्त सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

दुई मन्त्रालयबीच भएको सहमति अनुसार वैदेशिक रोजगारीमा जाने कामदारहरुले स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न सक्ने छन् ।

त्यसका लागि सम्बन्धित इजाजतपत्रवाला संस्थाहरुले विभागमा खोपको रिपोर्ट पठाउनु पर्नेछ । त्यसपश्चात विभागले प्रमाणपत्र म्यानपावरको आधिकारिक इमेलमा पठाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*