भीम आचार्यले ८ बुँदे अपिल जारी गर्दै भने : विभाजनकारी प्रवृत्ति हाबी भयो, एमाले गम्भीर संकटमा
काठमाडौं ।नेकपा एमाले सचिव भीम आचार्यले पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको दाबी गरेका छन् । बुधबार बिहान फेसबुकमार्फत ८ बुँदे अपिल जारी गर्दै उनले एमाले गम्भीर संकटबाट गुज्रिरहेको धारणा राखेका हुन्।
आचार्यले पार्टी एकताको कुरा गर्नेहरुमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको बताए। उनले लाखौं कार्यकर्ता नेकपा एमालेको एकताको पक्षका रहेको बताए। पार्टी बचोस् भन्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका बताउँदै आचार्यले उनीहरु नेतृत्वविहिन पनि भएको उल्लेख गरे।
आचार्यको ८ बुँदे अपिल यस्तो छ
९१० एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरु कतिपय बोलि, बचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्।
९२० अर्कोतिर त्यो प्रवृत्तिको विरोध मा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधि हरु विभाजनकै पक्षमा प्रकट भैरहेका हुन कि भन्ने आशंका बढेर गएको छ।
९३० पक्ष २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।
९४० दुनियाभरकै प्रतिक्रियावादी शक्ति हरु, देशभित्रका प्रतिगामी सत्ता च्युत तत्वहरु र राम्रो काम गरेर होइन अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ।
९५० नेकपा एमालेका देश विदेशमा भयका लाखौं कार्यकर्ता,समर्थक,शुभचिन्तक तथा जनसमुदाय हरु नेपालको वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् तर उनीहरु पार्टी बचोस् भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भयका छन् र विडम्बना उनीहरु नेतृत्वविहिन पनि छन्।
९६० गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकता को शुभारम्भ गर्दै थप समस्याहरु हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा यसलाई लागु गर्नुपर्दछ।
९७० हाल पार्टी एकताको कुरा गर्नेहरुमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरु भैरहेका छन्। त्यसबाट एकता पक्षधरहरु हतोत्साहित हुनु हुँदैन।
९८० टुट–फुट र विभाजनकारी प्रवृत्ति लाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश(विदेशमा रहनुभएका सम्पूर्ण न्याय प्रेमी नेपाली दाजुभाई दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दछु।



















