एकैदिन ४९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि , ३५ को मृत्यु

वेलकम खबर
साउन २६, २०७८

काठमाडौं : नेपालमा कोरोना भाइस (कोभिड-१९) संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ४९ सय ०४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

विभिन्न प्रयोगशालामा १९ हजार १२३ नमूना परीक्षमा यो संख्यामा संक्रमण देखिएको हो। ५९ सय ६ नमूनाको एन्टिजेन र १३ हजार २१७ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। जसमा १७ सय १० जनाको एन्टिजेन विधिबाट र  ३१ सय ९४ जनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ। मंगलबार २१ सय १५ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म ३७ हजार ३३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। ३८१ जना क्वारेन्टाइनमा र ३३ हजार ९८५ जना होम आइसोलेसनमा  र ३३ सय ४७जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।७७१ जनाको आइसीयू र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*