१६ हजार ५९४ नमूना परीक्षणमा ३६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु

वेलकम खबर
साउन २५, २०७८

काठमाडौं । १६ हजार ५९४ नमूना परीक्षणमा ३६ सय ५१ जनामा कोरोना भाइस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ४४५ नमूनाको पीसीआर र ६ हजार १४९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २६ सय ९ जनाको पीसीआर र १ हजार ४२ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घन्टामा १७ सय ८४ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ। मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ। योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ। आइतबार कोरोनाबाट ५५ जनाले ज्यान गुमाएका थिए।

मन्त्रालका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ। ७४१ जनाको आइसीयु र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घन्टामा १ लाख ४५ हजार ३० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*