ओली पक्षका दुई बैठक बस्दै, ११ बजे स्थायी र ३ बजे केन्द्रीय कमिटी

वेलकम खबर
साउन २५, २०७८

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटीको बैठक बोलाएको छ। बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्न लागेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सोमबारै दिउँसो ३ बजेका लागि उक्त पक्षले केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। त्यसअघि स्थायी कमिटी बैठक बसेर आवश्यक एजेन्डा तय गर्ने कार्यसूची छ।

केन्द्रीय कमिटीमा राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव पेस हुने बताइएको छ। एमाले ओली पक्षले एकता प्रक्रियालाई ध्यानमा राख्दै आइतबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको थियो।

माधव नेपाल पक्षको माग बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारको बैठक स्थगित गरेका थिए। तर बैठक स्थगित भएपनि कुनै प्रक्रिया अघि बढेको छैन।

नेपाल पक्षले एकता नटुंगिएसम्मका लागि पार्टीका बैठक र गतिविधि रोकिनुपर्ने बताउँदै आएको छ। तर ओली पक्ष भने १० बुँदे सहमति भइसकेको भन्दै अब त्यसैलाई टेकेर अघि बढ्नुपर्ने बताउँदै गतिविधि रोक्न अस्वीकार गरिरहेको छ।

आइतबारको केन्द्रीय कमिटी स्थगित गरेर आइतबार दिनभर जसो दुवै पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेपनि कुनै निष्कर्ष ननिस्किएको नेताहरूले बताए।ब

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*