सरकार सञ्‍चालनको न्यूनतम साझा नीति तथा कार्यक्रमका प्राथमिकताहरु यस्ता छन (पूर्णपाठ)

वेलकम खबर
साउन २४, २०७८

काठमाडौं : सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिएको हो। गठबन्धन कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्

पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ। शीर्ष नेतृत्वले पारित गरेको साझा कार्यक्रमका आधारमा सरकार सञ्चालन गरिने गठबन्धनले जनाएको छ।

पूर्णपाठ र्हेन यहाँ क्लिक गर्नुहोस

संयुक्त-सरकारका साझा कार्यक्रम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*