नेपाल समूह बैठकको निष्कर्ष : माधवसहितको सम्मानजनक एकता, नभए अन्य विकल्पमा जाने

वेलकम खबर
साउन २२, २०७८

काठमाडौ । एमाले माधव नेपाल समूहको दुई दिन चलेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीसँग सम्मानजनक एकता हुनुपर्ने नभए अन्य विकल्पमा तयार हुने निष्कर्ष निकालेको छ ।
सरकारमा सहभागिताका लागि सत्ता गठबन्धन दलहरूले नेपाल समूहलाई दबाब दिइरहेको र मन्त्रिपरिषद् विस्तार नगरी पर्खिरहेको अवस्थामा केन्द्रीय कमिटी बैठक बसेको थियो । सरकारमा सहभागिताबारे बैठकले ठोस निर्णय गरेन ।

नेकपा ९एमाले० वरिष्ठ नेता माधवकुमार नेपाल आफू पक्षका केन्द्रीय कमिटी सदस्यको बैठकमा सहभागी हुने क्रममा । तस्विरः बिजु महर्जनरकान्तिपुर
पार्टी एकता र सत्ता गठबन्धनमा सहभागिता लगायतका विषयमा केन्द्रीय कमिटीका नेताहरूले मिश्रित धारणा राखेपछि आगामी दिशा कसरी तय गर्ने भन्नेबारे नेपाल समूहले फेरि स्थायी कमिटीका नेताहरूबीच छलफल गर्ने भएको छ ।

बैठकको समापन गर्ने क्रममा नेता नेपालले अध्यक्ष ओलीले आफ्नो जति अपमान गरे पनि एकताको पक्षमा लाग्ने बताएका थिए । उनले असार २७ गते भएको १० बुँदे सहमतिलाई आधार मानेर अघि बढ्न तयार रहेको तर त्यसमा परिमार्जन आवश्यक रहेको अडान स्पष्ट पारेका थिए । ‘केपी ओलीले जति नै गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ,’ नेता नेपालले केन्द्रीय कमिटी बैठक समापनका क्रममा भनेका कुरा उल्लेख गर्दै नेता रघुजी पन्तले बताए ।

ओलीले एकताका नाममा अल्मल्याउन खोजेका हुन् कि भन्ने केन्द्रीय सदस्यहरूका भनाइप्रति पनि सतर्कता अपनाउँदै नेपालले जवाफ दिएका थिए । उनले त्यसरी अल्पमल्याउने काम नहोला आफूलाई लागेको र एकतामा नै जोड दिनुपर्छ भन्ने आफ्नो चाहना रहेको सुनाए ।

पार्टीभित्रै संघर्ष गर्नुपर्ने धारणा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले बैठकमा राखेका थिए । नेता नेपाललाई एउटा विचार समूहको नेता र ओलीलाई अर्को विचार समूहको नेताको रूपमा समान हैसियतमा राखेर पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो

‘पार्टीमा दुई धार नबनेको भए त्यस्तो अवस्था आउने थिएन । अहिले माधव नेपाल र केपी ओली विचारधाराका आधारमा पार्टी रहेको छ,’ पाण्डेले भने, ‘एक बनेर जानका लागि ‘पावर सेयरिङ’ गरेर जानुपर्छ भन्ने धारणा राखे । सम्पूर्ण काममा समान हैसियत हुने गरी एकतामा जानुपर्छ ।’ बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले एकता गर्दा र गरेपछिको अवस्थामा ओलीबाट आफूहरूमाथि ’फट्याइँ र ध्रुत्याइँ’ हुने हो कि भन्ने शंका व्यक्त गरेको उनले बताए । त्यसैका लागि पनि अध्यक्ष ओलीकै समान हैसियतमा नेपाललाई राख्नुपर्ने र त्यसले एकताको वातावरण बनाउने कुरा आएका उनले जानकारी दिए ।

सांसद तथा केन्द्रीय सदस्य राजबहादुर बुढाले सम्भावना रहेसम्म पार्टी एकताका लागि लाग्नुपर्ने कुरा नेता नेपाल र सबै सदस्यले राखेको सुनाए । आफूहरूको पक्षबाट पार्टी एकताका लागि सकारात्मक कदम अघि बढाएको अवस्थामा अध्यक्ष ओलीले सांगठनिक काम र विधान संशोधन लगायतका गतिविधि गरिरहेको भन्दै त्यसले एकतामा भााड्ने काम गर्ने र त्यसको जिम्मेवारी उनले नै लिनुपर्ने कुरा आएको बुढाको भनाइ थियो ।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ती गतिविधि रोक्नका लागि अध्यक्ष ओलीको ध्यानाकर्षण नै गराएको छ । बैठकबाट सर्वसम्मतिले पारित प्रस्तावमा भनिएको छ, ‘पार्टी एकताका लागि कुरा चलिरहेको अवस्थामा एकपक्षीय ढंगले सदस्यता नवीकरण, अधिवेशन, पुनर्गठन र सम्मेलन गर्नु एकतालाई भााजो हाल्ने काम हुन जान्छ । तत्काल सदस्यता नवीकरणलगायतका सबै संगठनिक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

बुढाले पार्टी एकताका लागि अन्तिम समयसम्म पर्खिने र भएन भने सरकारमा सहभागिता, नयाँ पार्टी गठनलगायतका विकल्प खुल्ने बताए । ‘पार्टी एकता भएन भने सरकारमा जाने, नयाा पार्टी गठन गर्ने भन्ने सबै विकल्प खुला भइहाल्छ,’ उनले भने, ‘पार्टी एकता माधव नेपालबिना हुन्न पनि बैठकको निष्कर्ष हो ।’

अध्यक्ष ओलीले नेता नेपालाई ‘देशद्रोही, गद्दार’ लगायतका आरोप लगाउँदै पार्टीमा ठाउँ नभएको भन्ने सार्वजनिक रूपमा पटक–पटक अभिव्यक्ति दिँदै आएको अवस्थामा नेपाल पक्षले यस्तो निष्कर्ष निकालेको हो ।

असार २७ गते विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति अपूर्ण भएको पनि नेपाल समूहले निष्कर्ष निकालेको छ । त्यसले आफ्नो समूहको आत्मसम्मान, विचारको प्रतिनिधित्व र अधिकार सुरक्षित नगर्ने भन्ने धारणा केन्द्रीय सदस्यहरूबाट आएको नेता जगन्नाथ खतिवडाले बताए । ‘नयाँ सहमति गर्नुपर्छ । विभाजन बाध्यता हुनसक्छ भन्ने धारणा आए,’ उनले भने ।

बैठकमा आफूले राखेका कुराबारे नेता खतिवडाले भने, ‘सहमतिमा समानताको भाव व्यक्त हुनुपर्छ, राजनीतिक सुरक्षाका साथै अध्यक्ष ओलीका स्वेच्छाचारी गतिविधिमा अंकुश लगाउन पनि संयुक्त हस्ताक्षर प्रणाली हुनुपर्छ ।’

पार्टी एकता हुने अवस्थासम्म सरकारमा सहभागी हुन नहुने विषय बैठकमा उठेको उनले जानकारी दिए । एकता भएपछि पनि संसद्को स्थायित्वमा सम्झौता गर्न नसकिने भन्ने सहमति पत्रमा नै उल्लेख हुनुपर्ने भएकाले १० बुँदे आधार हुनसक्ने तर त्यसकै आधारमा जान नसकिने कुरा आएका उनले बताए ।

सांसदसमेत रहेका केन्द्रीय सदस्य पाण्डेले पनि १० बुँदेलाई आधारमात्रै मान्न सकिने र त्यसमा रहेका कतिपय बुँदाको औचित्य सकिएको कुरा राखेका थिए । ‘१० बुँदेका केही बुँदा परिमार्जन गर्नुपर्छ । संसद् पुनस्स्थापना भए के गर्ने र सरकारलाई विश्वासको मतबारे के गर्ने भन्ने केही बुादाको औचित्य समाप्त भइसकेको छ,’ उनले भनेका थिए ।

सांसद तथा केन्द्रीय सदस्य प्रेम आलेले बैठकमा राखेका कुराबारे भने, ‘माधव नेपाल हाम्रो कमाण्डर हो । उहाालाई अघि सारेर एकताबद्ध भएर अगाडि बढ्नुपर्‍यो । वार्ताको ढोका खुला राख्नुपर्छ भएन भने विकल्प छँदैछ ।’

एक सांसदका अनुसार केन्द्रीय कमिटीले प्रतिनिधिसभा विघटन रोक्नका लागि भूमिका खेल्ने सांसदहरूको प्रशंसा गर्दै धन्यवाद प्रस्ताव पारित गरिएको छ । त्यसरी अदालतसम्म पुगी लडेर पुनस्स्थापित गरेको संसद् जोगाउनका लागि भविष्यमा पनि भूमिका खेल्ने उक्त प्रस्तावमा राखिएको छ ।

स्थायी कमिटीको तर्फबाट रघुजी पन्तले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा सांसदहरूलाई धन्यवाद दिने र प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष ओलीको कदमको विरोध गर्ने कुरा नआएपछि हलबाट विरोध भएको थियो । त्यसपछि प्रस्तावमा ती कुरा राखिएका थिए ।

पार्टीभित्र मात्रै होइन आफ्नै पक्षमा मतभेद र शंका उपशंका उत्पन्न भएको अवस्थामा नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले सम्मानजनक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने प्रस्ताव नै पारित गरेको छ । बैठकमा पार्टीभित्रको विवाद र समूहभित्रको शंका उपशंकामाथि बहस तथा मन माझामाझ भएको सहभागीहरूले बताएका छन् ।

माधव नेपालले केन्द्रीय कमिटी बैठक बोलाए ३० जना पनि पुग्दैनन् भन्ने बाहिर चर्चा चलिरहेको अवस्थामा ८५ भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको बताइएको छ । उनीहरूका अनुसार नेपाल पक्ष एकताबद्ध छ भन्ने सन्देश पनि बैठकले दिएको छ ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*