आजबाट ७७ वटै जिल्लामा भेरोसेलको दोस्रो डोज लगाइँदै, काठमाडौंमा मात्रै १४७ खोप केन्द्र

वेलकम खबर
साउन २२, २०७८

काठमाडौं – आजबाट साउन २४ गतेसम्म नेपालका ७७ वटै जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ । पहिलो मात्रा भेरोसेल खोप लगाइसकेका व्यक्तिहरूलाई आजदेखि दोस्रो मात्रा खोप लगाइने भएको हो ।

कोरोनाविरुद्धको भेरोसेल खोपको लागि काठमाडौं जिल्लामा १४७ वटा खोप केन्द्र तोकिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो मात्रा लगाउँदाको कार्ड, विद्युतीय दर्ता गर्दाको प्रिन्ट तथा फोटोसहितको नम्बरको आधारमा खोप लगाउन पाइनेछ ।

यो खोप पहिलो मात्रा लगाएको २१ दिन पुरा भएको, ५५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका सबै नागरिकहरु, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, कर्मचारी, शिक्षक, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका मुलुकमा जाने श्रमिकहरूले मात्र लगाउन पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*