पछिल्लो २४ घण्टामा ३९३८ मा कोरोना पुष्टि, मृृत्यु कति ?

वेलकम खबर
साउन २१, २०७८

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ४०८ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९९४ पुगेकोे छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*