साउन महिनापछि संक्रमितको संख्या क्रमशः घट्दै जाने

वेलकम खबर
साउन २१, २०७८

काठमाडौं । सरकारले साउन महिनापछि कोरोना भाइरस संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।

बिहीबार संसदको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। गुणराज लोहनीले पेश गरेको विवरणमा साउनपछि संक्रमितको संख्या घट्दै जाने उल्लेख गरिएको छ ।

साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो ।

विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ ।

मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १८३ पुग्ने सम्भावना रहेको छ । साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको विवरणमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*