‘खोप सप्ताह’ मनाउदै सरकार, कहिले देखि कहिले सम्म ?
वेलकम खबर
साउन २१, २०७८
काठमाडौं । साउन २५ गते सोमबारदेखि साउन ३२ गते सोमबारसम्म नेपाल सरकारले ‘खोप सप्ताह’ मनाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गते सोमबारदेखि साउन ३२ गते सोमबारसम्म खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।
यो सप्ताहभरी जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइन्छ ।
नेपालमा बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि सुरू भइसकेको उनले बताएका छन् ।



















