माधव समूहले केन्द्रीय समिति बोलाएपछि ओली पक्षको ध्यानाकर्षण
वेलकम खबर
साउन २०, २०७८
काठमाडौ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएपछि केपी ओली पक्षले ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थापन समूहका तर्फबाट एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा बिहीबार कुनै आधिकारिक बैठक नभएको स्पष्ट गरिएको छ ।
पार्टीको नामबाट पटक पटक अनधिकृत रुपमा बैठकहरू भएको भन्दै उनले त्यस्तो क्रियाकलापमा नलाग्न नेता कार्यकर्तालाई अपिल गरेका छन् ।



















