केपी ओली र माधव नेपाल वार्ताका लागि तयार
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपालबीच साउन १९ गते भेटवार्ता हुने तय भएको छ ।
नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि दुई नेता बीच छलफल हुन लागेको हो ।
नेकपा एमालेका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले भोलि दुई नेताबीच छलफल हुने तय भएको जानकारी दिए ।
‘दुई नेताहरु बीचमा भोलि भेट हुन्छ । ठाउँ र समय भने यकिन भएको छैन’, नेम्वाङले भने ।
आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टीमा जारी विवाद समाधानको लागि सम्भावित विकल्पमा छलफल गर्ने निर्णय गरेको थियो ।बैठकमा भएको छलफलको विषयमा जानकारी दिदैं नेता रघुजी पन्तले चाडै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचमा भेटवार्ता हुने बताएका थिए ।
पार्टीको विवाद समाधान गरेर एकतावद्ध बनाउनको लागि दोस्रो तहका नेताहरु निरन्तर प्रयासमा छन् । विगत दुई सातादेखि ओली र नेपालको भेट गराएर छलफल गराउने दोस्रो तहका नेताहरुले प्रयास गरेपछि सफल हुन सकेका छैनन् ।भोली ओली र नेपाल छलफलमा बस्न तयार भएको ओली र नेपाल दुवै पक्षका नेताहरुले बताएका छन् ।पार्टी विवाद समाधान गरेर एकतावद्ध हुन एमालेका दोस्रो र तेस्रो पुस्ताका नेताहरुको तीब्र दवाव छ



















