पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना पुष्टि, २३ को मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १९२५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ । एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ ।
संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् । हालसम्म मृतकको कुल संख्या ९ हजार ८९८ हुँदा निको हुने दर ९४।१ प्रतिशत रहेको छ । अर्थात हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ।
सक्रिय संक्रमितमध्ये ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै २८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा ३ हजार २२४ जना भने संस्थागत आईसोलेशनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



















