मन्त्रीमा जानेको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

वेलकम खबर
साउन १८, २०७८

काठमाडौ । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

सो बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । माओवादी केन्द्रबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री छन् भने पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा माओवादीले नौ मन्त्रालय पाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*