कृषि जन्य उत्पादनको बजारको सु्निश्चिता राज्यले गर्नुपर्छ : योगेश भट्टराई (भिडियो सहित)

वेलकम खबर
साउन १७, २०७८

काठमाडौ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले कृषकले उत्पादन गरेको कृषि जन्य सामाग्री बजारको सुनिश्चिता राज्यले गर्नु पर्ने बताउनुभएको छ ।
अभियान कृषि सहकारी संस्थाले साउन १५गते खिर खाने दिनेको अवसरमा आयोजना गरेका कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट सम्बोधन गदै भट्टराईले कृषकहरुले उत्पादन गरेका सामाग्री राज्यले खरिद गरिदिनुपर्ने बताउनुभएको हो ।


भट्टराईले बजेटमा विनियोजन हुदाँ सवै भन्दा बढी कृषिमै छुटिए पनि बास्तविक भन्दा नक्कली किसानले फर्म खडा गरेर राज्य तर्फबाट अनुदान लिने र त्यसको दुरुपयोग गर्ने प्रबृति रहेको बताउदै  बास्तविक किसानको लागि अनुदानको लागि वडा तहबाट अभिलेख तय गर्नुपर्ने बताउनुभयो । उहाँले जुनसुकै ठाउबाट आएपनि किसान किसान नै भएको बताउदै उत्पादन कहा हुदैछ त्यसका आधारमा अनुदान वितरण सरकारले गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।


भट्टराईले कृषकहरुको लिखित रुपमा बुझाएमा सवै सासदलाई वितरण गर्ने साथै कृषकहरुको आवाज ससदमा समेत उठाउने बताउनुभयो । उहाँले कृषकहरुलाई स्वास्थ मापदण्ड ख्याल गर्न अनुरोध गदै सुस्वास्थ्यको कामना समेत गर्नुभयो ।


कार्यक्रममा पूर्व सासद रामनन्द मण्डल,अभियान कृषि सहकारीका केन्द्रिय सचिव सत्यराम गिरी ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवा नेकपा एमाले नेता शिवकु्मार गुरुङ लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता सो सहकारीका अध्यक्ष छिरिङ लामाले गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन सहकारीका सचिव डिल्ली बेघा र स्वागत मन्तब्य कोषाध्यक्ष नरबहादुर बेघाले गर्नु भएको थियो । अभियान सहकारीका सदस्यहरुकै सक्रियतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमा कार्यक्रममा चार सय भेला भएको आयोजकले जनाएको छ ।

(भिडियो हेर्न उहाँ क्लिक गर्नुहोस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*