मन्त्री बन्न बालुवाटार गएका एमाले सांसदहरुलाई घर फर्काए प्रधानमन्त्री देउवाले

वेलकम खबर
साउन १७, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरुले मन्त्री बन्न तयार रहेको बताउँदा प्रधानमन्त्री देउवाले ‘हुँदैन’ भन्दै फर्काएका छन् । बालुवाटारमा मन्त्री बन्न भनेर गएका उनीहरुलाई प्रधानमन्त्री देउवाले वरिष्ठ नेता माधव नेपालको स्वीकृतिबिना मन्त्री नबनाउने भनेर फर्काएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बसेको स्थायी कमिटी बैठकमा उक्त कुरा सुनाएका हुन । उनका अुनसार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका ४ जना सांसद् मन्त्री बन्न तयार रहेको भन्दै बालुवाटार पुगेका थिए ।

मन्त्री बन्न बालुवाटार पुगेका ती सांसदहरुले ‘सांसद पद गए जाओस्, मन्त्री बन्न’तयार रहेको बताए पनि प्रधानमन्त्री देउवाले उक्त प्रस्तावको अस्विकार गरेको प्रचण्डको भनाइ छ ।

साउन ३ गते राति माधव नेपालसहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । ती २२ सांसदहरुले नेपाललाई सरकारमा चाँडो सहभागी हुन पनि दबाब दिँदै आए पनि नेपाल पदको लोभमा सरकारमा जान नहुने अडानमा छन् ।news24nepal

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*