प्रचण्डले भने– माधव नेपाल समूह एमालेमा जान्छ, मन्त्रालय बाँडफाँडबारे फेरि छलफल गर्नु पर्ने भयो

वेलकम खबर
साउन १७, २०७८

काठमार्डौ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा सरकार गठनको प्रक्रियाबारे फेरि छलफल गर्न पर्ने देखिएको बताएका छन् ।

माधवकुमार नेपाल समूहले नेकपा एमाले एकताका लागि जोड दिएकाले पनि अब सरकार गठनका लागि मन्त्रालय बाँडफाँडबारे फेरि छलफल गर्नु पर्ने अवस्था आएको उनले बताएका हुन् ।

आज विहान कोटेश्वरमा माधवकुमार नेपाल निवास पुगेर स्थायी कमिटी बैठकका लागि पेरिस डाँडा पुगेका प्रचण्डले भने, ‘माधव कमरेडहरु पार्टी एक गरेर अगाडि बढ्ने मनासयमा हुनुहुन्छ, उहाँहरु नआएपछि मन्त्रालय बाँडफाँड अब फेरि छलफल गर्नु पर्ने भयो ।’

स्थायी कमिटी बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताका अनुसार प्रचण्डले आज विहान माधव नेपाललाई भेट्दा यसको छनक पाएको बताएका हुन् ।आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने भएको छ। farakdhar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*