ओलीले बोलाए स्थायी कमिटी बैठक

वेलकम खबर
साउन १६, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको छ ।

बैठकमा तीन एजेण्डामा छलफल हुने बताइएको छ । केन्द्रीय विभागहरुको पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणको विषय बैठकको एजेण्डा रहेको बताइएको छ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहका लागि धेरै पर्खिन नसक्ने बताएका थिए । ओली पक्ष माधव समूहका लागि धेरै समय नपर्खने र निर्णय गरेर जाने मुडमा देखिएको छ ।

तर, पार्टी एकताका लागि दोस्रो तहका नेताहरूको सक्रियता जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*