पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

वेलकम खबर
साउन १५, २०७८

काठमाडौं ।पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ९७८३ पीसीआर परीक्षण गर्दा २४६७ जना र ४८७८ एन्टिजेन परीक्षण गर्दा ११४४ गरी ३६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*