आजदेखि उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइने, ३२ वटै वडामा खोप केन्द्र

वेलकम खबर
साउन १४, २०७८

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा आजदेखि पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु हुने भएको छ । ५० वर्षभन्दा माथिका र यस अघि छुटेकालाई खोप दिन लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन् । यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।

यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*