राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त

वेलकम खबर
साउन १२, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मंगलवार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को मंगलवारको बैठकको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपाधारा(१) को खण्ड (ख) बमोजिम गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*