फेरि बढ्यो कोरोना संक्रमण,बेड छैन,ताप्लेजुङमा भुँईमै उपचार

वेलकम खबर
साउन १२, २०७८

काठमाडौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमण बढ्न थालेको हो ।

संक्रमण बढ्न थालेपछि अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्दो छ । अस्पतालमा एकाएक बढेको बिरामीको चापले बेड अभाव हुँदा उपचारमा कठिनाइ हुन थालेको छ । ताप्लेजुङ जिल्लाको ताप्लेजुङ अस्पतालमा बेड अभाव हुँदा भुईमै राखेर उपचार गर्न थालिएको छ ।दोस्रो लहरको कोरोनाले संक्रमितको संख्या लगातार बढ्न थालेपछि गत वैशाखदेखि सरकारले निषेधाज्ञा लगाएको थियो । पछिल्लो समय संक्रमण घटेको भन्दै पूर्ण र आंशिक रुपमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

निषेधाज्ञा खोलेपछि बढेको भीडभाडका कारण संक्रमण फेरि उकालो लाग्न थालेकोमा विज्ञहरुले चिन्ता गरेका छन् । असोजदेखि कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*