नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

वेलकम खबर
साउन ११, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

हिजो सुरु भएको बैठकमा आज पनि पार्टी एकताका विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

हिजोको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो ।कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी दिनुभएको थियो ।एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।

उनीहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रहसमेत गरेका हुन् । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिपछि एमालेको बैठकले कार्यदल भंग गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*