नेपालद्धारा विश्वका १६१ बढी राष्ट्रसंघ सँग अन्तर्राष्ट्रिय व्यापार, १३ खर्ब ९८ अर्ब घाटा

वेलकम खबर
साउन ९, २०७८

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो ।

गत वर्ष नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवै बढेको छ । सोही कारण व्यापार घाटा पनि उक्लिएको हो । विभागले गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै १६ खर्ब ८० अर्बको वैदेशिक व्यापार भएको जानकारी दिएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विश्वका १६१ भन्दा बढी राष्ट्रसंघ अन्तर्राष्ट्रिय व्यापार गरेको छ । भन्सार विभागका अुनसार नेपालले अन्तर्राष्ट्रिय व्यापार गरेका राष्ट्रमध्ये १३९ सँग घाटा र २२ सँग मात्र नाफामा रहेको छ ।

गत आर्थिक वर्ष नेपालले १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रपैयाँको वस्तु आयात गरेको थियो भने एकखर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*