मतदान गर्न ओली प्रतिनिधिसभामा उपस्थित

वेलकम खबर
साउन ३, २०७८

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा पुगेका छन् ।

संसद बैठक शुरु हुनेबेलामा संसद परिसमार पुगेका ओली बैठक कक्षमा भने पुगेका थिएनन् । अहिले केहीबेर अघि संसद बैठक कक्षमा पुगेका निर्वतमान प्रधानमन्त्री ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग हात मिलाएर बधाई समेत दिएका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी नभएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चर्को आलोचना गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*