एमाले नेपाल पक्षका ११ सांसदले प्रधानमन्त्रीलाई विश्‍वासको मत दिने

ओली र नेपालका २० भन्दा बढी सांसद तटस्थ बस्ने
वेलकम खबर
साउन ३, २०७८

काठमाडौँ ।नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार पक्षका ११ सांसदले मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । पार्टी एकताका लागि दबाब पुगोस् भनेर उक्त निर्णय लिइएको सांसद दिपक प्रकाश भट्टले जानकारी दिए ।
उनका अनुसार देउवालाई मत दिनेहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याण खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरुलगायत ११ छन् ।
देउवाका पक्षमा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनाल बिरामी भएका कारण भारतमा उपचाररत छन् भने उपाध्यक्ष भीम रावलले आइतबार नै सांसद पदबाट राजीनामा दिएका छन् ।
यस्तै पार्टी एकताका लागि दबाब दिन भन्दै नेपाल पक्षकै १० जना सांसदले देउवालाई विश्वासको मत नदिने निर्णय लिएका छन् । जसमा योगेश भट्टराई, घनश्याम भुसाल, नारायण खतिवडा, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दिपक प्रकाश भट्ट, राजबहादुर बुढा, झपट रावललगायत छन् । प्रतिनिधिसभा बैठक जारी रहेकै बेला एमालेका केही सांसदहरु बाहिरएका छन् ।

यस्तै अध्यक्ष केपी शर्मा ओली पक्षका १० जना सांसद तटस्थ बस्ने भएका छन् । सांसद दिपक प्रकाश भट्टले भने, विश्वासको मत पक्षमा मत दिने पनि हुनुहुन्छ नदिने हुनुहुन्छ । हामी २० जना तटस्थ बस्छौं । यो संख्या बढ्न पनि सक्छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिनका लागि अहिले प्रतिनिधिसभामा प्रक्रिया चलिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*