देउवालाई पहिला श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए : ज्ञवाली

वेलकम खबर
साउन ३, २०७८

काठमाडौ । नेकपा एमालेका प्रवक्ता एवम् सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि अनेक प्रश्न उठाएका छन्। देउवाले आज बसिरहेको प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने क्रममा बोल्दै ज्ञवालीले अनेक कटाक्ष गरेका हुन्। सर्वोच्च अदालतको फैसलाको चर्को आलोचना गर्दै ज्ञवालीले संवैधानिक निकायबीचको शक्ति सन्तुलनमा खलबल्याएको आरोप लगाए ।

देउवालाई प्रधानमन्त्री बनाउने नाममा सर्वोच्च अदालतले संविधानको धारा ७६ ९५० को अपव्याख्या गरेर जस्केलाबाट निर्दलीय व्यवस्था भित्र्याएको पनि ज्ञवालीले आरोप लगाएका छन्। इतिहास दुई पटक दोहोरिन्छ। एउटा राम्रो रुपमा र अर्को बिद्रुप रुपमा दोहोरिने गरेको छु, उनले भने, अहिले बिद्रुपरुपमा इतिहास दोहोरिएको छ।

सर्वोच्चको अपव्याख्याबाट देउवा ७६ ९५० अनुसार प्रधानमन्त्री बन्दैछन्, उनले अगाडि भने, जस्केलाबाट निर्दलीय व्यवस्था छिराएर देउवा प्रधानमन्त्री बन्नुभएको छ। २०६१ सालमा उहाँलाई श्री ५ ले प्रधानमन्त्री बनाएका थिए। न्याय पायौँ भन्नु भयो तर माघ १९ मा आइपुग्दा के भयो हामीलाई थाहा छ। अहिले श्री मान् ५ ले प्रधानमन्त्री बनाइदिएका छन्। तर यसले हाम्रो बहुदलीय व्यवस्थालाई कुरुप बनाउँदैछ।

उनले युरो कप र कोपा अमेरिका स्मरण गर्दै यदि फाउल भएको भए रेफ्रीले त्यहीँबाट खेल खेलाउने गरेको पनि स्मरण गराए। फाउल भएको रहेछ भने त्यहीबाट शुरु गरेको हुन्थ्यो तर यहाँ रेफ्रीले खेल शुरु गर्नुपर्ने हो । यहाँ रेफ्रीले गोल नै पो हानिदिएु ज्ञवालीले भने, यो त फेयरप्ले भएन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*