देउवालाई माधवपक्ष बिनै बहुमत !

वेलकम खबर
साउन ३, २०७८

काठमाडौं। जसपाको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवलाई विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका सांसद्को सहयोग बिना पनि विश्वासको मत पाउने भएका छन्। आइतबार देउवा र जसपाको महन्थ ठाकुर पक्षबीच छलफल भएको थियो।
छलफलपछि देउवालाई मत दिने निष्कर्षमा पुगिएको सो पक्षका सांसद्हरुले प्रतिक्रिया दिएका छन्।

जसपाको उपेन्द्र यादव पक्ष भने यसअघि नै देउवाको पक्षमा उभिँदै आएको थियो। सो पक्षले जेठ ७ गते नै देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो। साथै, सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर पनि गरेको थियो। प्रतिनिधि सभामा जसपाका ३४ सांसद् भए पनि २ जना निलम्बित भएकाले ३२ जनाले मत दिन पाउँछन्।
पछिल्लो टवीट्सगै देउवाको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् गरी १४३ मत पुग्ने देखिएको छ। त्यसमा एमालेको माधव नेपाल पक्षको मत पनि थपिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*