सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषालले देउवालाई विश्वासको मत नदिने

वेलकम खबर
साउन ३, २०७८

काठमाडौं। नेकपा (एमाले) का सांसदहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । यी चारै जना सांसद माधव नेपालनिकट हुन। माधव नेपालले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

नेकपा (एमाले) ले संस्थागत रुपमा निर्णय गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर, नेपाल पक्षले भने विश्वासको मत दिने भनिसकेको छ । र, विश्वासको मत दिँदा सांसदहरुलाई ह्वीप नलाग्ने भनेर सर्वोच्च अदालतले आदेशमा नै भनिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*