एमाले सांसद भीम रावलले किन दिए राजीनामा ?

वेलकम खबर
साउन ३, २०७८

काठमाडौं । एमाले सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहेका बेला माधव नेपाल पक्षमा रहेका भनिएका नेता रावलले सांसदबाट राजीनामा दिएको बताएका हुन् ।

आफू अनैतिक राजनीतिक खेलमा नलाग्ने भन्दै राजीनामा दिएको घोषणा उनले संचारमाध्यमर्फत् गरेका छन् । यस अघि माधव नेपाल समूहमा रहेका रावल पार्टीमा सहमति जुटेपछि मात्रै शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा थिए ।

तर, नेता नेपालले यस अघि संसद् जोगाउन आफूहरुले अग्रसरता लिएको भन्दै तत्काल विश्वासको मत दिएर जानुपर्ने अडान नेपालले राखेका थिए ।

संस्थापन र नेपाल पक्षको रस्साकस्सीबीच एमालेमा विवाद मिलाउन यस अघि गठित कार्यदलमा सक्रिय रावलले राजीनामा दिएका हुन् ।

एमाले विवाद उत्कर्षमा पुग्दा नेता रावल अध्यक्ष केपी ओलीको सबैभन्दा बढी आलोचक बनेर उभिएका थिए ।
नेता नेपाल नरम हुँदा पनि रावल भने ओलीप्रति सबैभन्दा बढी आक्रोश व्यक्त गर्ने नेतामा गनिन्थे ।
एमालेमा विवाद बढ्दै जाँदा नेता नेपाललाई नजिकबाट साथ दिए पनि अन्ततः उनले दुवै पक्षलाई साथ नदिने तयारी राजीनामा दिएका हुन् ।

रावलले गत निर्वाचनमा अछाम १ बाट जितेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*